Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने कुराले राष्ट्रसंघका महासचिव उत्साहीत

Loading

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने कुराले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उत्साहित भएका छन् । गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएको प्रयासमा सहभागी नेताहरुको प्रशंसा गर्दै गुटेरसले उक्त कदमप्रति पूर्ण सर्मथन जनाएको वक्तव्यमा उल्लेख छ।

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका प्रतिनिधिमार्फत अमेरिकासँग वार्तामा बस्न गरेको प्रस्तावमा ट्रम्पले सहमति जनाएका थिए। साथै आगामी मे महिनामा वार्ता गर्ने ट्रम्पले घोषणा गरिसकेका छन्।

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपको समस्या समाधानका बारेमा टेलिफोन वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed