![]()
कोलम्बो,फागुन ।
दक्षिण एसियाको ठूलो टापु श्रीलंकामा मुसलमान एवं मस्जिदमाथि हमलाको श्रृङ्खला बढेपछि सरकारले संकटकाल घोषणा गरेको छ । सन् २००९ मा चरमपन्थी संगठन एलटीटीईलाई ध्वस्त बनाएपछि धेरैले सोचेका थिए कि अब श्रीलंकामा शान्ति स्थापना भयो । तर, पछिल्लो समय बौद्ध मुस्लिमको झगडाले उग्र रुप लिने संकेत देखिएको छ ।
श्रीलंकामा बौद्ध एवं मुस्लिमबीच तनाव क्याडी शहरवाट सुरु भएको हो । ट्राफिक सिग्नलवाट झगडाको सुरुवात भएको थियो । झगडाले कतिसम्म उग्ररुप लियो भने मुस्लिम मिलेर एक बौद्ध धर्मालम्बीलाई पिटी पिटी मारिदिए ।
यही घटनाको प्रतिक्रियास्वरुप सोमबार बौद्ध धर्मालम्बीले मुस्लिमको पसल जलाइदिए । मंगलवार एक मुस्लिम युवकको जलेको लास भेटियो । श्रीलंकामा बौद्ध–मुस्लिमको झगडा यो पहिलो होइन । सन् २०१२ देखि नै सुरु भएको थियो ।
२ं१ करोड जनसंख्या रहेको श्रीलंकामा ७० प्रतिशतभन्दा धेरै सिंहला, १२ प्रतिशत तमिल हिन्दू र १० प्रतिशत मुस्लिम छन् ।


