Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेपाली कांग्रेसको तर्फबाट मानबहादुर विश्वकर्मा राष्ट्रपतिको उम्मेद्वार

Loading

काठमाडौ,फागुन ।
नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा उम्मेदवार बनाउने नबनाउने भन्ने छलफल थालेको छ । साँझसम्म निर्णय हुने नेताहरुले जनाएका छन् । राष्ट्रपति चुनाव २९ गतेका लागि तय भएको छ । भोलि उम्मेदवारी दर्ताको समय तोकिएको छ । वाम गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ र उम्मेदवार टुंगो लगाउन अपराह्न स्थायी कमिटी बैठक बोलाइएको छ । वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपति उम्मेदवारका दावेदार छन् ।
संसदमा प्रष्ट बहुमत भएकाले वाम गठबन्धनको उम्मेदवार नै राष्ट्रपति बन्ने पक्का छ । कांग्रेसमा हार्ने चुनावमा उम्मेदवारी दिने कि नदिने भन्ने बहस छ । केहीले हार्ने चुनावमा उम्मेदवारी दिन नहुने बताएका छन् भने केहीले निर्विरोध हुन दिन नहुने मत राखेका छन् ।
‘सभामुखमा उम्मेदवारी नदिने भएपछि राष्ट्रपति पनि देशको हुने भएकाले किन उम्मेदवारी दिने भन्ने मत पनि छ’ एक नेताले भनेः‘तर, सिंगो पार्टी चलायमान हुने भएकाले उम्मेदवारी दिनुपर्छ भन्ने मत पनि छ । साँझसम्म निर्णय होला ।’ कांग्रेसले उम्मेदवारी दिने निर्णय गरेको अवस्थामा मानबहादुर विश्वकर्मा उम्मेदवार हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed