Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस संसदीय दलको निर्वाचन आजःसभापति देउवा र पूर्वमहामन्त्री सिंह मैदानमा

Loading

काठमाडौ,फागुन ।
नेपाली कांग्रेस संसदीय दलको नेता छान्न आज चुनाव हुँदैछ । संसदीय दलको नेता छान्नको लागि आज विहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा चुनाव हुन लागेको हो । आज विहान १० देखि १ बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ। कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ६ देखि ७ बजेसम्म देउवा र सिंहले मात्र दलको नेतामा नाम दर्ता गराएका हुन्।
देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई उम्मेदवारी दर्ताका लागि वारेसनामा दिएका थिए। उनको उम्मेदवारीको प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन्। छोरा जयवीरसिंह देउवाको व्रतबन्धमा दिनभर व्यस्त रहेकाले देउवाले वारेसनामामार्फत उम्मेदवारी दिएका हुन्।
अर्का प्रत्याशी सिंहले भने आफैँ संसदीय दलको कार्यालय सिंहदरबार गएर उम्मेदवारी दर्ता गराएका हुन्। सिंहको प्रस्तावक पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थक पूर्वमन्त्री सञ्जयकुमार गौतम छन्। सभापति देउवाले आफूलाई सर्वसम्मत गराउन कसरत समेत गरेका थिए । उनले आफ्ना प्रत्याशी सिंहलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिनेसम्मका प्रस्ताव पठाएको स्रोत बताउँछ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो पक्षको भूमिकालाई निरन्तरता दिन सिंहको उम्मेदवारीमा कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन्। कांग्रेस सभापति देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुँदा आफ्नो पक्षको अस्तित्व नरहने आकलन गर्दै पौडेल पक्षले सिंहको उम्मेदवारी दर्ता गराएको हो। देउवाको पक्षमा करिब ४० जना रहेको दाबी उनका समर्थक विश्वकर्मा गर्छन्। पौडेल पक्षले पनि आफूहरूसँग २५ मत रहेको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed