Breaking News.... EverestOnlineKhabar
April 19, 2026

आर्सनल १-५ बायर्न म्युनिख: लज्जास्पद हारसगै आर्सनल बाहिरियो

लज्जास्पद हार व्यहोर्दै आर्सनल च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरियो

Loading

बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहोर्दै आर्सनल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणबाटै बाहिरिएको छ। मंगलबार राति भएको दोस्रो लेगमा बार्यन म्युनिखले आर्सनललाई ५-१ गोल अन्श्तरले हरायो। पहिलो लेगमा पनि ५-१ कै हार व्यहोरेको आर्सनल समग्रमा १०-२ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ।

अघिल्लो चरणमा स्थान सुरक्षित गर्न आर्सनललाई ४-० को रेकर्ड जित आवश्यक थियो। घरेलु मैदानमा भएको खेलमा २० औं मिनेटमा थियो वालकेाटको गोल गर्दै टोलीलाई अग्रता पनि दिलाए। तर, कायम राख् न सकेन।

५४ औं मिनेटमा कोसेलनीले रातो कार्ड पाए भने बार्यन म्युनिखले पेनाल्टी पायो, जसमा रोबर्ट लेभान्डोस्कीले सहजै गोल गरे। त्यसपछि आर्सनल खेलमा र्फकन सकेन। ६८ औं मिनेटमा आर्जेन रोबिनले गोल गरे। ७८ औं मिनेट डुल्गास कोष्टाले गोल गरे। ८० र ८५ औं मिनेटमा भिडालले गोल गरेपछि बार्यन म्युनिख आर्सनललाई उसकै घरेलु मैदानमा ५-१ ले हराउन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed