Breaking News.... EverestOnlineKhabar
September 28, 2026

स्न्यापच्याटको कुल मुल्य २८ अर्ब, संस्थापकहरु बने अर्बपति

स्न्यापच्याटले संसारकै कान्छा अर्बपति

Loading

१८-२५ उमेर समुह माझ अत्यन्त लोकप्रिय म्यासेजिङ मोबाईल आप्लिकेसन स्न्यापच्याटले एस कम्पनीका संस्थापकहरु इभान स्पेगल र बोबी मर्फीलाई संसारकै कान्छा अर्बपति बनाएको छ।

स्न्यापच्याटले पब्लिक आइपीओ खोलेलगत्तै यसको कम्पनी मुल्य २८ अर्ब डलर पुगेको छ। १७ डलर प्रति सेयरबाट खोलिएको सेयर ४१ प्रतिशत बढेर २४ डलर प्रतिसेयर पुगेको थियो।

अमेरिकाको टेक्नोलोजी राजधानी मानिने सिलिकन भ्यालीबाट टाढा रहेको भेनिस सहरमा रहेका यो कम्पनी भर्खरै पब्लिक कम्पनीमा गएको छ। कम्पनी पब्लिकमा गएलगत्तै यसका संस्थापकद्वय अर्बपति बनेका छन् र उनीहरुको चर्चा जताजतै छ।

डिभोर्सी अभिभाभकबाट हुर्किएका स्पाइगेलको जीवन अहिले एकाएक चर्चाको शिखरमा छ। उनको अभिभाभावकले दर्ता गरेको डिभोर्स फाइलका अनुसार १७ वर्षीय स्पाइगेलले अभिभावकसँग मासिक २ हजार डलर भत्ता मागेका थिए।

स्ट्याण्डफोर्ड विश्वविद्यालयमा सन् २०१३ मा भएको एक सम्मेलनमा स्पाइगेलले परिवारको कारण आफू स्ट्याण्डफोर्डमा भर्ना हुन पाएको र लगत्तै सफ्टवेयर कम्पनी इन्ट्युटमा कामको अवसर पाएको बताएका थिए।

सन् २०१३ मा फेसबुकले ३ बिलियन डलर तिरेर स्न्यापच्याट किन्न खोजेको प्रस्ताव अस्वीकार गरेलगत्तै स्न्यापच्याटले ति नाम नखुलाइएको व्यक्तिलाई त्यति धेरै रकम तिरेका थिए। फोब्र्सको अनुमानअनुसार स्पाइगेल र बोबी ४–४ बिलियन डलरका मालिक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed