Breaking News.... EverestOnlineKhabar
April 17, 2026

नेपालका नोट विश्वकै उत्कृष्टको सुचीमा

Loading

नेपाली १ रुपैयाँ, ५ रुपैयाँ र ५ सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सुचीमा परेको छ । दि टेलिग्राफले यो सुचीको ११ औं स्थानमा पर्न ५ सय रुपैयाँको नोटमा जोडी बाघको विस्तृत चित्र रहेको कारण सुन्दर मानिएको हो ।

त्यस्तै, नेपाली सस्कृतीमा याकको महत्वपूर्ण स्थान रहेको र रु पाँचको नोटमा दुई वटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै यो नोटलाई १२ औं सुचीमा राखिएको छ । त्यस्तै, रु एकको नोटमा रंगको प्रगोग सादापनमा भएको भन्दै यो नोटलाई पनि १३ औं स्थानमा राखिएको छ । सुन्दर मानिएका २१ वटा मुद्राममध्ये तीन मुद्रा नेपाली रहेका छन् ।

त्यस्तै, २ रुपैयाँको सिक्कामा खेत जोतिरहेको तस्विर निकै रोचक रुपमा प्रस्तुत गरिएको भन्दै २१ सुन्दर सिक्कामा नेपाली यो सिक्का पनि परेको हो । तर २ रुपैयाँको सिक्काको ब्याख्यामा गोरु भन्नु पर्नेमा ‘भैसी वा राँगो’ भन्ने बुझाई राखिएको छ ।

यता, इन्टरनेशनल बैंक नोट सोसाईटीले हरेक वर्ष गर्ने उत्कृष्ट मुद्रा छनौटको २०१६ को लागि दर्ता गर्नुपर्ने अवधि सकिएको छ । गत ३१ जनवरीसम्ममा दर्ता खुला गरिएको थियो । १९ वटा मुद्रा नोमिनेशनमा रहेकोमा नेपालबाट कुनै मुद्रा प्रतिनिधत्वमा परेको छैन् । सोसाईटीले २०१७ को लागि पनि दर्ता माग गरिसकेको छ । सन् २०१८ को जनवरीसम्म दर्ता खुला गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed