![]()
सर्लाही । तराईका बिभिन्न जिल्लामा बाढी र डुबानबाट पीडित सर्वसाधारणलाई नेपाली चलचित्रका नायक राजेश हमालले पनि राहत बितरण गरेका छन । नायक हमाल आफै राहत सामग्री लिएर पीडितको घर–घरमा पुगेका हुन ।
हमाललाई त्यहाँ देखेपछि स्थानीयवासी दंग परेका थिए । उनीबाट राहत लिनभन्दा पनि उनलाई हेर्न बालबालिकादेखि वृद्धबृद्धाको भीड लागेको थियो ।
बिभिन्न जिल्लामा राहत बाँडनेक्रममा उनले सर्लाहीको कौडेना र शिवनगरमामा पनि राहत बितरण गरेका छन । राहत पाएका पीडितहरुले हमाललाई धन्यवाद दिंदै हर्ष प्रकट गरे ।
राहत वितरणपछि हमालले त्यहाँको फोटो आफनो फेसबुकमा पोष्ट गरेका छन ।






