![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी दिन प्रतिदिन खिइन थालेको छ । एकपछि अर्का नेताले पार्टी छोडन थालेपछि भट्टराई संकटमा परेका छन । मुमाराम खनाल, रामेश्वर खनाल हुँदै मधेशका बलियो खम्बा मानिएका रामचन्द्र झाले पनि उनलाइ छाडेका छन ।
नयाँ शक्ति पार्टी परित्याग गरी रामचन्द्र झा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनीसँगै रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत पनि माओवादी मै फर्किएका छन ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पार्टीमा स्वागत गरे ।
यसैबीच नयाँ शक्तिकै नेता देबेन्द्र पौडेल लगायतका नेताहरुपनि केहि दिनमै माओवादीमा फर्किने तयारी छ ।
नयाँ शक्तिले भने झा, पौडेलसहितका नेताहरुलाइ पार्टी हीत बिपरित चलेको भन्दै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।


