Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राहत सुगम र सडक वरपरका क्षेत्रमा मात्र केन्द्रित……

Loading

रौतहट,२ भदौ ।
रौतहटमा राहत वितरणले केही गति लिएको छ। सडक छेउछाउ र सहरी क्षेत्रमा बाढीपीडितले औषधि, उपचार र राहत पाएका छन्। ग्रामीण क्षेत्रका बाढीपीडित भने पाँच दिनदेखि एक छाक भात खान पाउने अवस्थामा छैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र राहत वितरण गर्नुपर्ने नियम बनाएपछि मूल सडकभन्दा भित्रका बस्तीसम्म राहत पुग्न सकेको छैन।
रौतहट गरुडाका स्थानीय एक व्यावसायीले पाँच किलो चिउरा वितरण गरेदेखि कोही नआएको स्थानीय नाराण सहनीले सुनाए। यहाँ बाढीपीडितहरु सडकको छेउमा पाल टाँगेर बसेका छन्। पालभित्र रहेका दुई दर्जन बच्चाहरु बाटोमा कोही नयाँ मान्छे देखे राहत लिएर आएको हो कि भनेर आशाका नजर डुलाउँछन्।
रौतहटका बाढीपीडितमध्ये राम प्रगास सहनी प्रतिनिधि पात्र मात्र हुन्। गरुडाका स्थानीय एक व्यावसायीले पाँच किलो चिउरा वितरण गरेदेखि कोही नआएको अर्का स्थानीय नाराण सहनीले सुनाए। यहाँ बाढीपीडितहरु सडकको छेउमा पाल टाँगेर बसेका छन्। पालभित्र रहेका दुई दर्जन बच्चाहरु बाटोमा कोही नयाँ मान्छे देखे राहत लिएर आएको हो कि भनेर आशाका नजर डुलाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed