Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ऋतिक रोशनको पहिलो खेल सम्बन्धी फिल्म ‘कबडी’ आउँदै

Loading

एजेन्सी । बलिउड स्टार नायक ऋतिक रोशनको खेलसम्बन्धी नयाँ फिल्म आउने भएको छ । ऋतिकलाई एउटा स्पोर्टस्मा आधारित चलचित्रका लागि अप्रोच गरिएको छ र यो कबड्डीमा आधारित हुने भारतीय संचार माध्यमले जनाएका छन ।

शाहरुख खानको ‘चक दे इन्डिया’, सलमान खानको सुल्तान, आमिर खानको दंगल, अक्षय कुमारको ब्रदर्स र आगामी चलचित्र गोल्ड यी सबै खेलमा आधारित फिल्म हुन । कबडीपछि अब ऋतिक रोशन पनि यी सुपरस्टार्सको लिगमा समावेश हुनेछन् ।

चलचित्रलाई रानी स्क्रुवालाले निर्माण गर्ने भएकी छन । निर्देशनको जिम्मा भने राकेश ओमप्रकाश मेहराले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed