![]()
धनुषा । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनता पार्टी (राजपा) का कारण प्रदेश नम्बर २ को चुनाव नरोकिने स्पष्ट पार्नुभएको छ ।
निर्वाचन प्रचार एवम संगठन सुदृढीकरण अभियानक्रममा जनकपुर पुग्नु भएका अध्यक्ष दाहालले राजपाको माग बमोजिम संविधान संशोधन गर्न प्रतिबद्ध भएपनि दुइ तिहाइ पु¥याउन नसकिएको बताउनुभयो । उहाँले अहिले पनि दुइ तिहाइ पुग्ने स्थिति नदेखिएको बताउँदै राजपाको चाहनामा मात्र निर्णयार्थ संसद्मा पेश गरिने जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा पनि संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न प्रयास गरिएको तर पारित हुने अवस्था नभएपछि प्रक्रियामा नलगिएको स्मरण गर्नुभयो ।
कांग्रेस–माओवादी गठवन्धन राजपाका माग पूरा गराउन इमान्दार र प्रतिबद्ध रहेकाले आसन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपा पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले एमालेतर्फ लक्षित गर्दै अन्ध राष्ट्रवाद र राजपाका केहीतर्फ संकेत गर्दै मधेशमा छुट्टै देश हुनुपर्छ भन्ने मधेशवाद दुवै अतिवादी सोच भएको उल्लेख गर्नुभयो । आफनो पार्र्टी यी दुवै सोचको बिरुद्धमा रहेको उहाँले जानकारी गराउनुभयो ।
अध्यक्ष दाहालले जनकपु क्षेत्रको सर्वोपरी विकास गरी महानगर बनाउने घोषणा समेत गर्नुभयो ।


