Breaking News.... EverestOnlineKhabar
June 25, 2026

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड विजयी

Loading

एजेन्सी,१७ साउन ।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटमा इङ्ल्यान्ड २ सय ३९ रनको भारी अन्तरले विजयी भएको छ । इङ्ल्यान्डको द ओभलमा भएको खेलमा घरेलु टोलीले दिएको ४ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङमा २ सय ५२ रनमै समेटियो ।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न इङ्ल्यान्डका स्पिनर मोईन अलीले ह्याट्रिक लिएका थिए । दोस्रो इनिङमा अलीले ४ विकेट लिँदा रोला जोन्सले ३ विकेट हात पारेका थिए ।
यसअघि पहिलो ईनिङमा ३ सय ५३ रन जोडेको इङ्ल्यान्ड विरुद्ध दक्षिण अफ्रिकाले १ सय ७५ रन मात्रै जोडेपछि पाहुना टोली पहिलो ईनिङमै १ सय ७८ रनले पछि परेको थियो ।
दोस्रो ईनिङमा इङ्ल्यान्डले ३ सय १३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेपछि दक्षिण अफ्रिकाले जितका लागि ४ सय ९२ रनको विशाल लक्ष्य पाएको थियो ।
तर यो टेष्टको सुरुदेखि नै फितलो व्याटिङ गरेको दक्षिण अफ्रिकाले दोस्रो ईनिङमा पनि २ सय ५२ रन मात्रै जोड्यो । यो जितसँगै इङ्ल्यान्डले ४ टेष्ट म्याचको शृङ्खलामा २–१ को अग्रता लिएको छ । चौथो खेल आगामी शुक्रबारदेखि ओल्ड ट्राफोर्डमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed