![]()
काठमाडौ,१७ साउन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा नियुक्त भएका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई अहिले मालामाल भएको छ । पदबाट राजीनामा दिन कार्यालयबाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले‘अझै केही समय पर्खन’भन्दै फर्काएका छन् ।
महान्यायाधिवक्ता श्रेष्ठ दिउँसो ४ बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुनः महान्यायाधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्केको जानकारी गराए । कार्यालयमा उनले भनेः‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो ।’
राजीनामा दिन हिँडेका उनले कार्यालयमै फर्केर राजीनामा नदिएको सुनाएपछि सरकारी वकिल आश्चर्यमा परे ।


