Breaking News.... EverestOnlineKhabar
June 27, 2026

फुटबलःम्याराडोना भिएआरको पक्षमा……

Loading

एजेन्सी,११ साउन ।
डिएगो म्याराडोनाले आफू फुटबलमा भिडियो एसिसट्यान्ट रेफ्रि (भिएआरं) प्रयोगको पक्षमा रहेको बताएका छन् । उनी सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोलका लागि निकै चर्चित छन् । उनलाई त्यो गोलका लागि‘ह्याण्ड अफ गड’ को रुपमा पनि चिन्ने गरिएको छ ।
३१ वर्षअघि अर्जेन्टिनाका म्याराडोनाले विश्वकपको क्वाटर फाइनलमा इंग्ल्याण्डसँगको खेलमा २–१ को जित निकाल्ने क्रममा गेलका लागि हातको प्रयोग गरेका थिए । त्यसबेला भिएआर प्रविधि भएको भए आफ्नो गोल पनि मान्य नहुने उनले बताए ।
म्याराडोनाले आफू भिएआरको पक्षमा रहेको बताउँदै विश्वकपमा यो प्रविधि नहुँदाको फाइदा आफूले एक पटक नभएर दुई पटक लिएको बताए । सन् १९९० को विश्वकपको समूह चरणको खेलमा पनि आफूले बल क्लियर गर्नका लागि हातको प्रयोग गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.