Breaking News.... EverestOnlineKhabar
June 27, 2026

परिवार विवादमा तानिएपछि यसो भने राष्ट्रपति ट्रम्पले…..

Loading

एजेन्सी,८ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसमक्ष जो कोहीलाई क्षमदान दिने अधिकार र शक्ति भएको नबिर्सन सबैलाई सचेत तुल्याएका छन् । राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपका सम्बन्धमा ट्रम्प वा उनका सहयोगी कोही पनि दोषी पाइए आफैँ र आफ्नो परिवारलाई माफी दिनका लागि ट्रम्पले तरिका खोजिरहेको दावी सञ्चारमाध्यमले गरेको छ ।
त्यही सन्दर्भमा ट्रम्पले आफूसँग सुरक्षित माफी दिने अधिकार र शक्तिका बारेमा ट्वीटमार्फत् प्रष्ट गरेका हुन् । ट्रम्पले माफी दिने बाटो खोजिरहेको खबर वासिंटन पोष्टले छापेको छ । खबर सार्वजनिक भएलगत्तै विपक्षी डेमोक्रेटिक पार्टीका प्रवक्ताले भने यसलाई निकै चिन्ताजनक बताएका छन् ।
अमेरिकी जासूसी र अनुसन्धान निकायहरु राष्ट्रपति निर्वाचनमा रुसको संलग्नता भए÷नभएको खोजीरहेका छन् । जासूसी निकायको आशंका रुसी सहयोगका सम्बन्धमा छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.