Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७७ जेठ ३०, काठमाडौं । दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निवासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निवासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । घटना आज बिहान सवा ७ बजे भएको थियो । हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed