Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७७ जेठ २, गाईघाट – उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed