![]()
इटालीमा कोरोना भाइरसका कारण २४ घण्टाभित्र ३ सय ४५ को मृत्यु भएको छ । यससँगै त्यहाँ मृतकको संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो । साथै, संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ । संक्रमितमा पनि १२.६ प्रतिशतको वृद्धि भएको छ । युरोपेली देशमध्ये इटालीमा कोरोनाको कहर अत्यधिक देखिएको छ ।


