Breaking News.... EverestOnlineKhabar
April 30, 2026

आवश्यक परे सबैभन्दा ठूलो गुट मै बनाउँछु : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा वरिष्ठ नेता झलनाथ खनालले आवश्यक परे नेकपामा आफूले सबैभन्दा ठूलो गुट बनाउने चेतावनी दिएका छन । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनिसक्दा पनि पार्टी भित्र गुटउपगुटको अन्त्य नभएकोमा आक्रोश व्यक्त गर्दै उनले  गुट बनाएर कुनै फाइदा नहुने र पार्टीमा त्यसले स्थान पनि नपाउने स्पष्ट पारे । तर, आवश्यक परे सबैभन्दा ठूलो गुट आफैले बनाउने उनले बताए ।

एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै वरिष्ठ नेता खनालले मंसिर २९ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सर्न सक्ने आशंक पनि व्यक्त गरे । बैठक बोलाइएको दिन विवाहको लगन परेकाले सोही बाहनामा बैठक स्थगन हुनसक्ने  उनले औंल्याए । आफू लगायत वरिष्ठ नेता माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले यसअघिको केन्द्रीय सचिवालय बैठक बहिष्कार गर्नु फलदायी सावित भएको उनको दाबी छ ।  उनले पार्टीमा एउटै व्यक्ति अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि हुने परम्पराको अन्त्य गर्ने बिषयमा पनि पार्टीमा छलफल भैरहेको जानकारी दिए ।

नेता खनालले सरकारका गतिविधि जनमुखी हुन नसकेकोमा असन्तुष्टि पनि जाहेर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed