![]()
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरको धर्ना सुरु गरिएको छ ।
महेन्द्रनगरको मदनचोकमा शनिबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरिएको हो । निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन धर्ना सुरु गरिएको उनीहरुले बताएका छन ।
प्रतिवेदन सार्वजनिक नगरेर सरकारले बलात्कारीलाई बचाउन खोजेको उनीहरुको आरोप छ । प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारबाही नगरेसम्म धर्ना जारी रहने उनीहरुले बताएका छन्।मृतक निर्मलाका बुवा यज्ञराज पन्तले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी तयार पारि गृहमन्त्री राम बहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।


