Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अश्लिल बेवसाइट बन्द गर्न प्रक्रिया सुरु भैसक्यो : गृहमन्त्री

Loading

रूपन्देही ।गृहमन्त्री रामबहादुर थापाले महिला हिंसाको अर्को कारक अश्लील वेबसाइट भएकाले गृहको सुझाव अनुरुप त्यसमा सञ्चार मन्त्रालयले त्यस्ता साइट बन्द गर्न कडाइ सुरु गरिसकेको बताएका छन्।

रुपन्देहीको बुटवलमा  ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनीकरण सचेतना एवं अन्तर्क्रिया कार्यक्रम’मा बोल्दै उनले वडास्तरमै लागुऔषध निषेध र मदिरा नियन्त्रण समिति बनाउने गृहको कार्ययोजना रहेको जानकारी दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यस्ता कार्यक्रम जनस्तरमा लैजान नसके भावी पुस्ताको ठूलो संख्या कुलतमा जोगिने भनाइ राखे। ‘यसमा विगतमा कम ध्यान दिइयो। अब आक्रामक रुपमा जान्छौं,’ उनले भने।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, स्थानीय जनप्रतिनिधि, जिल्ला र प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु सहभागी छन्। महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र यसको कारक मदिरा, लागुऔषध रहेको ठहर गर्दै गृह मन्त्रालयले सातै प्रदेशमा  अभियान सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed