Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी।  अभिनेत्री परिणिती चोपडाको प्रदर्शनमा आउन लागेको नयाँ फिल्मलाई लिएर बलिउडमा चर्चा चुलिएको छ। उनी फिल्म ‘नमस्ते इङ्ल्यान्डमार्फत दर्शकमाझ आउन लागेकी हुन्।

 परिणितीको चर्चा नयाँ फिल्मका कारणभन्दा पनि फोटोसुटले बढेको हो। भारतीय म्यागजिन ‘फिल्म फेयर’का लागि उनले गरेको फोटोसुटले परिणितीको चर्चा बढाएको हो। म्यागजिनकाे अक्टोबर अंकका लागि उनले फोटो सुट गराएकी थिइन्। फोटोसुटका साथै अन्य दृष्य पनि बाहिरिएपछि परिणितीको चर्चा बढेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

परिणितीले मालदिभ्समा फोटोसुट गराएकी थिइन्। कालो र रातो रङका स्विमिङ ड्रेसमा देखिएकी परिणिती शारीरिक रुपमा निकै फिट देखिन्छिन्। उनले आफ्नो सेक्सी लुक्स र हट तस्बिरका कारण दिदी प्रियंका चोपडालाई समेत टक्कर दिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed