Breaking News.... EverestOnlineKhabar
May 1, 2026

इरानबाट पेट्रोलियम पदार्थ आयातलाई निरन्तरता दिने भारतको निर्णय

Loading

बीबीसी । अमेरिका र इरानबीच कटुता कायम रहेकैबेला भारतले इरानसँगको पेट्रोलियम पदार्थ आयातलाई निरन्तरता दिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनेक्रममा न्यूयोर्क पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इरानका समकक्षी मोहमद जवाद जरीफसित भएको वार्ताकाक्रममा भारतले इरानसँग पेट्रोलियम पदार्थ खरिदलाई निरन्तरता दिने बताएकी हुन् ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तेल व्यापारमा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको र प्रतिबन्धकाबीच इरानसँग आर्थिक कारोबार गर्ने देशले पनि नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । भारतले अमेरिकी भनाइलाई बेवास्ता गर्दै इरानसँग पेट्रोलियम पदार्थ खरिद गर्ने जनाएको हो ।

इरानका विदेशमन्त्री जरीफले भारतसँग इरानको सम्बन्ध सधैं प्रगाढ रहने भन्दै इरान भारतलाई बन्दरगाहाको विकासका लागि ३५ लाख अमेरिकी डलर बराबरको बैंक ग्यारेन्टी दिने पक्षमा रहेको बताए । इरानको कुल उत्पादनको करिब १० प्रतिशत तेल भारतमा निर्यात हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed