Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । शहीद  स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ ।

लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेसनबिनाको लिग गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले शुक्रबार पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ ।

राउन्ड रोबिन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् । यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाइएको छ । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् ।

‘फेयर प्ले’ टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed