![]()
एजेन्सी । महमुदुल्लाहको अन्मित बल लेगबाई भएपछि भारतले बंगलादेशलाई तीन विकेटले हराउँदै आठ वर्षपछि एसिया कपको उपाधि उचालेको छ । भारतको यो छैटौं उपाधि हो ।
लिटोन दासले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेपछि टस हारेर ब्याटिङ थालेको बंगलादेशले ४८.३ ओभरमा सबै विकेट गुमाएर २ सय २२ रनको योगफल बनाएको थियो ।
भारतका कप्तान रोहित शर्माले ४८, शिखर धवनले १५, दिनेश कार्थिकले ३७, महेन्द्रसिंह धोनीले ३६ बनाएर । भुवनेश्वर कुमारले २१ तथा रविन्द्र जडेजाले २३ रन बनाउँदा जधव २३ रनमा अविजित रहे । बंगालदेशका मुस्तफिजुर रहमान र रुबेल होसेनले समान २ विकेट लिए भने नाजमुल इस्लाम, मश्रफी मोर्ताजा र माहमुदुल्लाहले १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर लिटोनले १ सय १७ बलमा १२ चौका र २ छक्का हान्दै १ सय २१ रन बनाए । अर्का ओपनर मेहिदी हसन मिराजले ३२ रन बनाउँदै लिटोनसँग पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए ।
भारतका कुलदिप यादवले १० ओभर बलिङ गर्दै ४५ रन दिएर ३ विकेट लिए । केदार जधभले ९ ओभरमा ४१ रन दिएर २ विकेट लिए । जसप्रित बुमराह र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।


