Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रचण्डको दैनिकजसो सरकारबिरुद्ध भाषण, जनचाहना अनुसार काम गर्न नसकेकोमा असन्तुष्टि

Loading

काठमाडौं।  पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजभोलि सरकारप्रति बढी नै आक्रामक देखिएका छन ।  भारत र चीन भ्रमणपछि अध्यक्ष दाहालले दैनिकजसो सरकारका कामकारवाहीप्रति प्रश्न उठाउने गरेका छन ।

भारत र चीन भ्रमणबाट फर्किए लगत्तै यही तरिका हो भने अर्को चुनावमा नेकपा मासिने अभिव्यक्ति दिएका दाहालले केही दिन अघि आफनै निवासमा सम्पादकहरुको भेला बोलाएर सरकारप्रति आक्रामक अभिव्यक्ति दिएका थिए ।  उनै दाहालले बुधवार पुनः सरकारका गतिविधिप्रति असन्तोष जाहेर गरेका छन ।

नेपाल पर्यटन यातायात व्यवसायी संघको १५औं साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहनाअनुसारको काम सरकारले गर्न नसकेकाले पार्टी र सरकारले समीक्षा गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केपछि सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल हुने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले नेपालको आर्थिक क्षेत्रको मेरुदन्डकारुपमा रहेको पर्यटन उद्योगको विकासबिना मुलुकको समृद्धि अगाडि बढ्न नसक्ने बताए । पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed