Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा होएस्कालाई एथ्लेटिको मड्रिडले ३–० ले हराएको हो। तीनै गोल पहिलो हाफमा नै भएको हो ।

उसका लागि एन्टोनी ग्रिजम्यान, थोमस पार्टी र काकेले गोल गरे । १६ औँ मिनेटमा डिएगो कोस्टाको पासमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । २९ औँ मिनेटमा पार्टी तथा ३३ औँ मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिकोले पहिलो हाफमा नै ३–० को अग्रता लियो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र खेलमा एथ्लेटिकोले ३–० को जित निकाल्यो । जितपछि ६ खेलबाट ११ अंक जोडेको एथ्लेटिको तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed