![]()
बीबीसी । म्यानचेस्टर युनाइटेड इएफएल कप (कारबाओ कप) को तेस्रो चरणबाटै बाहिरिएको छ । इएफएल कप अन्तर्गत भएको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीसँग टाइब्रेकरमा ८–७ ले पराजित हुँदै मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हापमा १–० को अग्रता लिएको युनाइटेडले इन्जुरी समयमा गोल गर्दै खेलमा बराबरी गरेको हो । त्यसपछिको पेनाल्टीमा भने डर्बीले बाजी मार्यो ।
तेस्रो मिनेटमा नै आन माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ५९ औँ मिनेनटमा विल्सनले डर्बीका लागि बराबरी गोल फर्काए । ६७ औँ मिनेटमा रोमेरो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो ।
८५ औँ मिनेटमा मारिओट्टले गोल गर्दै डर्बीलाई २–१ को अग्रता दिलाए । तर इन्जुरी समयको पाँचौँ मिनेटमा फेलाइनीले गोल गर्दै खेलमा बराबरी गरे र निर्णय पेनाल्टीमा धकेलियो ।
पेनाल्टीमा युनाइटेडका लागि आठौँ प्रहारका लागि फिल जोन्स आएका थिए । जोन्सको प्रहार डर्बीका गोल रक्षक स्कट कारसनले रोके र प्रशिक्षक फ्र्यांक लाम्पार्डको टिमलाई चर्चित जित दिलाए । जोन्सको प्रहार अघिका १५ पेनाल्टीमा गोल भएको थियो ।
लाम्पार्डले चेल्सीमा जोसेको प्रशिक्षणमा खेलेका थिए । तर उनले प्रशिक्षकको भूमिकामा आफ्ना प्रशिक्षकको टिमलाई नै हराएका हुन् ।


