Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी । गुगल र फेसबुकलाई मोटो रकम जरिवाना गरेसँगै युरोपेली युनियनको नजर अर्को अमेरिकी कम्पनी अमेजनतर्फ परेको छ ।  छद्म कारोबारका विषयमा युरोपेली युनियनले अमेजनमाथि छानविन सुरु गरेको हो । युनियनकी प्रतिस्पर्धा आयुक्त मारग्रेथ वेस्टेगरले यसको खुलासा गरेकी हुन् ।

अमेजनले तेश्रो पक्ष बिक्रेताका डाटालाई आफ्नो व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको भएपनि औपचारिक रुपमा कुनै बयान भने नलिइएको उनले बताइन् । अमेजनको आम्दानीमा थर्ड पार्टी बिक्रेताको ठूलो महत्व रहेको छ जसले यो वर्षको दोश्रो त्रैमासिकमा ९ अर्ब ७० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले बढी हो ।

स्मरण रहोस् गत जुलाईमा इयुले गुगलमाथि ५ अर्ब डलरको जरिवाना गरेको थियो । त्यस्तै सन् २०१६ मा एप्पलले इयुकै आदेशमा आयरल्याण्डमा १६ अर्ब डलर कर चुक्ता गर्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed