Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी । ब्राजिलको राष्ट्रिय सङ्ग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्त्वपूर्ण सङ्ग्रहहरू रहेको ऐतिहासिक सङ्ग्रहालय हो। दुई करोड सामग्रीको सङ्ग्रह रहेको सङ्ग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिएका छन्।

आइतवार लागेको आगोमा कोही घाइते भएका छन् वा छैनन् भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।

उक्त सङ्ग्रहालयले यसै वर्षको शुरूमा आफ्नो २०० औँ वार्षिकोत्सव मनाएको थियो। त्यहाँ कुनैबेला पोर्चुगलका राजपरिवारको समेत निवास थियो। ब्राजिलका टिभीहरूले सङ्ग्रहालय बन्द गरिसकेपछि कसरी त्यहाँ लागेको आगो पूरै भवनभरि फैलिएको छ भनेर देखाइरहेका छन्।

सन् १८१८ मा स्थापित उक्त सङ्ग्रहालयमा किराफट्याङ्ग्रा, जीवावशेष, उल्कापिण्ड, विशेष किसिमले संरक्षण गरेर राखिएका शवहरू जस्ता सामग्रीहरूको दुई करोडभन्दा बढी सङ्ग्रह छ। ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले ट्वीट गर्दै ब्राजिलका सबै नागरिकका लागि दुःखद दिन भनेका छन्। उनले इतिहासको महत्त्व भवनमा पुगेको क्षतिले मापन गर्न नसक्ने पनि बताएका छन्।

ब्राजिलको ग्लोबो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उक्त सङ्ग्रहालयका निर्देशकले सो आगलागीलाई एउटा ‘सांस्कृतिक वियोग’ भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed