Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निकारागुवाद्वारा राष्ट्र संघीय टोलीलाई देशनिकाला

Loading

बीबीसी । मध्य अमेरिकी मूलुक निकारागुवाको सरकारले संयुक्त राष्ट्रसंघीय टोलीलाई देश निकाला गरेको छ।केही दिनअघि निकारागुवामा सरकारविरोधी प्रदर्शनका बेला सरकारको हस्तक्षेपका कारण ३ सयभन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेपछि राष्ट्रसंघीय टोली देश निकालामा परेको बीबीसीले बताएको छ।

राष्ट्रसंघको प्रतिवेदन गत बुधबार सार्वजनिक भएको थियो। प्रतिवेदनमा देशमा जारी हिंसालाई अन्त्य गर्न सरकारसँग अनुरोध गरिएको छ। सरकारले हिंसालाई प्रश्रय दिएको राष्ट्रसंघीय प्रतिवेदनको ठहर छ। सरकारले देशका पीडित तथा सहायता टोलीमाथि दमन गरेको पनि आरोप लगाइएको छ।

यद्यपि देशबाट निकाला भएपनि राष्ट्रसंघले त्यस देशमा जारी तनावलाई बाहिरैबाट नियाल्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed