![]()
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गर्नुभयो ।
सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गौतम बुद्ध र सगरमाथाको देशमा स्वागत गर्न पाउँदा नेपाल र नेपाली जनता खुशी भएको बताउनु भएको थियो ।
प्रधानमन्त्री ओलीले करिब २२ मिनेट बिमेष्टक सम्मेलनको उद्देश्य, महत्व र यसको लक्ष्यका बिषयमा धारणा राख्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफनो सम्बोधनमा अब सूचना र प्रविधिको विकासमा लगानी गर्नुपर्ने समय आएको बताउनु भएको थियो ।


ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुखरसरकार प्रमुखहरूले १५÷१५ मिनेट मन्तव्य राख्नुभएको थियो । सबै वक्ताहरुले प्रविधको प्रयोगबाट विकास सम्भव भएको भन्दै आपसी सहयोग र सहकार्य बढाउनुपर्ने बताउनु भएको थियो ।
बिमष्टेक सदस्य राष्ट्रबीचको समन्वय र सहकार्यबाट शान्ति स्थापनासहित समृद्धि हासिल गर्न सकिनेमा सबै एकमत देखिनु भएको थियो ।
यस्तै, गरीबि निवारण, वातावरण, जलवायु परिवर्तन, आतंकवाद, सुरक्षा लगायतका बिषयमा पनि उहाँहरुले धारणा राख्नुभएको थियो ।
बिमेष्टकका पाहुनाहरुको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राती रात्रीभोज आयोजना गर्नुभएको छ ।
शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुखरराष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गर्नुभएको छ । त्यसपछि बिहान साढे एघार बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।


