Breaking News.... EverestOnlineKhabar
June 24, 2026

जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले काठमाडौं किङ्सबाट खेल्ने

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले काठमाडौं किङ्सबाट खेल्ने भएका छन् । दोस्रो संस्करणको ईपीएल क्रिकेटका लागि राजालाई काठमाडौंले अनुवन्ध गरेको हो । काठमाडौंले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राजालाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

नोभेम्बरमा हुने ईपीएलका लागि काठमाडौंले तेस्रो विदेशी खेलाडीका रुपमा राजालाई अनुबन्ध गरेको छ । सिकन्दरले जिम्बाबेबाट ८५ वटा एकदिवसीय, १० वटा टेष्ट र २० टी—ट्वान्टी खेल खेलिसकेका छन् ।

यसअघि काठमाडौंले विदेशी खेलाडीका रुपमा आयरल्यान्डका केभिन ओबा्रइन र युएईका कप्तान रोहन मुस्ताफालाई अनुबन्ध गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed