![]()
महोत्तरी । महोत्तरीमा चोरी भएकी ८ महिनाकी बालिकाको शव फेला परेको छ। महोत्तरीको औरही नगरपालिका–१ बाट आइतबार राति स्थानीय सन्तोष चौधरीकी छोरी सोनालीको चोरिएकी थिइन । उनी नगरकै एउटा बगैंचामा मृत अवस्थामा फेला परेकी छन्।
मृत भेटिएकी बालिकाको शवमा निल डामहरु छन्। तर उनको हत्या गरिएको हो वा होइन भन्ने विषय प्रहरीले हालसम्म निक्र्योल गर्न सकेको छैन। आइबार राति नचिनेका व्यक्तिले आमाकै काखबाट बच्चीको चोरी गरेका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


