![]()
बीबीसी । अमेरिका र साउदी अरबबीच अहिलेसम्मकै सबैभन्दा ठूलो ३५० अर्ब डलरको सम्झौता भएको छ । जसमा ११० अर्ब डलर मात्रै हतियारको लागि सम्झौता भएको जनाइएको छ । ट्रम्पले गरेको उक्त सम्झौता सबैभन्दा ठूलो रहेको छ।
ह्वाइट ह्वाइसले जनाए अनुसार शनिबार विहान ट्रम्प र उनीकी पत्नी मेलानीया साउदी अरब पुगेपछि उनलाई त्यहाँका राजा सलमानले स्वागत गरेका थिए। ट्रम्प यस्तो समयमा विदेश घुमिरहेका छन् जहाँ अमेरिकी एफबीआइका निर्देशकलाई पदबाट हटाइएको छ र त्यो पद खाली रहेको छ।
ट्रम्पले आफ्नो उक्त दौरानमा इजराइल, प्यालेस्टाइनी क्षेत्र, भ्याटीकन सिटी र इटालीको सिसली जाने समेत कार्यक्रम राखेका छन्।
अमेरिकी विदेशमन्त्री रेक्स टेलर्सनका अनुसार साउनी अरबसँग भएको सम्झौता ‘इरानको दुष्प्रभाव’लाई जवाफ दिन गरिएको हो।राष्ट्रपति ट्रम्पसँग उनकी छोरी इवाङ्का र ज्वाइ जेरेड कुशनर समेत छन्।


