Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पोप फ्रान्सिसद्वारा यौन शोषण ढाकछोपका आरोप अस्वीकार

Loading

बीबीसी । पोप फ्रान्सिसले आफूले यौन शोषणलाई ढाकछोप गरेको भन्ने एक पूर्व भ्याटिकन दूतले लगाएका आरोपहरूलाई अस्वीकार गरेका छन्। उनले ती आरोपहरू प्रतिक्रिया दिन योग्य नभएको बताएका छन्। तर ती पूर्व भ्याटिकन अधिकारीले पोपसहित अन्य वरिष्ठ पादरीहरूले राजीनामा दिनुपर्ने माग गरेका छन्।

आयरल्याण्डको भ्रमण सकेर रोम फर्किने क्रममा पोपलाई विमानमा त्यसबारे पत्रकारहरूले प्रश्न सोधेका थिए। उनले आर्कबिशप कार्लो मारिया भिजानोको पत्रबारे आफूले एक शब्द पनि नबोल्ने र त्यो जबाफ दिन लायक नभएको बताए। त्यो पत्रमार्फत कार्डिनल भिगानोले पोपलाई राजीनामा दिन आग्रह गरेका छन्।

उनले पत्रमा भनेका छन्, “विश्वव्यापी गिर्जाघरका लागि यो अति नै नाटकीय समय हो। यस्तो बेला उनले आफ्नो गल्ती स्विकार्नै पर्छ। यौन दुर्व्यवहारप्रतिको शून्य सहनशीलताको नीति अनुसरण गर्दै पोप फ्रान्सिसले राम्रो उदाहरण प्रस्तुत गर्न सक्नु पर्छ र उनी र सबै कार्डिनलहरूले राजीनामा दिनु पर्छ।”

पोप फ्रान्सिसले अहिले क्याथोलिक इशाई सम्प्रदायभित्र परम्परावादीहरूबाट चौतर्फी आक्रमणको सामना गरिरहेको हुनसक्नेबारे प्रश्नहरू उब्जिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.