Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाली क्रिकेट टोली मलेसिया जाँदै….

Loading

काठमाडौ,भदौ ।
श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास खेल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गर्दैछ । मलेसिया जाने तयारीमा रहेको नेपाली टोलीले प्रतियोगिता अन्तर्गत बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् ।
नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.