Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पाँच बर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Loading

झापा । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताउनुभएको छ । पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताउनुभयो ।

लोपोन्मुख, गरीब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “न्यूनतम मापदण्ड पूरा गर्नुप¥यो, मेहनत गरेर प्रतिस्र्धामा आउन सक्नुपर्यो ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गर्नुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताउनुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे नगरपालिका–१० स्थित १०८ बिघा जग्गामा सांस्कृतिक सङ्ग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

मन्त्री भएपछि पहिलो पटक गृहनगरमा आउनुभएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायीरुपमा समाधानका लागि आफू क्रियाशील रहेको पनि बताउनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अबको कार्यसूची विरोध, द्वन्द्व र अराजकता नभई विकास मात्र भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.