![]()
एजेन्सी । इन्डोनेसियामा जारी १८ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष भलिबलमा नेपालले कमजोर सुरुवात गरेको छ। समूहको पहिलो खेलमा नेपाल बुधबार ताइपेईसँग ३-० को सोझो सेटमा पराजित भयो।
पहिलो सेट २५-२३ ले गुमाएको नेपाल त्यसपछिका दुई सेटमा २५-१९ र २५-१५ ले पछाडि रह्यो। नेपालले समूहको दोस्रो खेलमा शुक्रबार दक्षिण कोरियासँग खेल्ने छ।


