Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रधानमन्त्री कार्यालयको लागि सफ्टवेयर खरिदमा आर्थिक घोटाला…..?

Loading

काठमाडौ,भदौ ।
भाषणै पिच्छे आर्थिक मितव्ययिताको रटान लगाउन कहिल्यै नथाक्ने प्रधानमन्त्री ओलीकै सरकारी कार्यालय वा प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर, उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो ।
आर्थिक प्रशासन र आइटी विभागको मिलेमतोमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको संयोजकत्वमा बैठक बसेको थियो । ५ विकास क्षेत्रमा स्थापना भएका कल सेन्टरमध्ये दुईवटा मात्रै चालू अवस्थामा छन् । बाँकी चार बिग्रिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.