Breaking News.... EverestOnlineKhabar
March 5, 2026

दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Loading

दोलखा, वैशाख ३१ । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच आइतबार अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

उक्त घटनामा कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो ।

झडपमा केही व्यक्ति घाइते भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.