![]()
एजेन्सी । १८ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा विजयी हुँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाली खेलाडीले पाकिस्तानलाई ३–१ गेमले हराएका छन् । टिममा नेपालका रत्नजित तामाङ, दीपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले टिम इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
रत्नजितले मोहम्मद इरफान सइद भाटी २–०, दीपेशले अजिम सरवारलाई २–०, नवीनले रिजवान अजमलाई २–१ को सेटमा हराए भने सिंगलतर्फ खेल्दा दिपेश र रत्जजितको जोडी रिजवान र कसिफ अली सुलेरीको जोडीसँग २–१ को सेटमा हारेको थियो ।
महिला टिम इभेन्टको अन्तिम १६ मा नेपाल आइतबारै माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालबाट नङसल तामाङ, अमिता गिरी, जेसिका गुरुङ र रसिला महर्जनले प्रतिस्पर्धा गरेका थिए ।


