Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बिमस्टेक सम्मेलन अवधिमा सार्वजनिक विदा दिने सरकारको तयारी

Loading

काठमाडौ,साउन ।
काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सरकारले सार्वजनिक विदा दिने तयारी गरेको छ । दुई दिनका लागि सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयका अधिकारीले गरेका छन्।
गृह मन्त्रालयका अनुसार सम्मेलनमा सहभागि हुने पाहुनाहरुको सवारी व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राखी सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको हो। आगामी १४ र १५ भदौमा काठमाडौंमा बिमस्टेकको चौथो सम्मेलन हुँदैछ। सम्मेलनमा ५ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउँदैछन्।
बिशिष्ट व्यक्तिहरुको सवारीका कारण दुइ दिन राजधानीको सडक अस्तव्यस्त हुन सक्ने भएकाले दुई दिन सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले बताए। साथै केही दिन सडकमा जोर बिजोर प्रणाली लागू हुने समेत सम्भावना छ।
४ वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा पनि सरकारले दुई दिन सार्वजनिक विदा दिएर सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो। २०७१ सालको मंसिर १० र ११ गते सार्वजनिक विदा दिएर सडकमा जोर विजोर प्रणाली लागू गरेको थियो। अझ विद्यालय त ४ दिन बन्द गरिएको थियो। त्यसकारण यसपटक पनि सार्वजनिक विदा हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.