Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बंगलादेशमा एउटै पार्टीका दुई गुटबीच गोली हानाहान, एक नेतासहित ६ जनाको मृत्यु

Loading

बीबीसी । बङ्लादेशमा एक पार्टीका दुर्इ गुटबीच भएको झडपमा ६ जनाको मृत्यु भएको छ। शनिवार भएको घटनामा परी ज्यान गुमाउनेमा एक स्थानीय नेता समेत रहेका छन्। बङ्लादेशको दक्षिण पूर्वि खग्राचारी जिल्लाको सोनीरभोर बजारमा भएको घटनामा दुई पक्षबीच गोली हानाहान भएको थियो।

युनाइटेड पिपल्स डेमोक्रेटिक फ्रन्ट (युपिडिफ) पार्टीका दुई गुटहबीच के कारणले घटना भएको हो त्यो हालसम्म खुल्न नसकेको त्यहाँका प्रहरी अधिकारी अली अहमद खानले जानकारी दिएका छन् भने मृतकहरुको हालसम्म पहिचान खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.