![]()
काठमाडौँ । बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री भणडरी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ। बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई प्रदर्शन गर्नबाट समेत रोक लगाएको प्रहरीले सहभागिमाथि लाठी चार्ज गरेको छ।
प्रहरीले प्रदर्शनकारी महिलालाई हातपात गर्दै आफ्नो भ्यानमा हालेको प्रदर्शनकारीले बताएका छन ।


