![]()
बीबीसी ।संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। उनले नाेबेल शान्ति पुरस्कारसमेत हासिल गरेका थिए।
अन्नान राष्ट्रसंघका महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक थिए। उनले पछि सिरियाका लागि राष्ट्रसंघको विशेष दूतको भूमिका खेलेका थिए। शनिबार बिहान स्विट्जरल्यान्डमा उनको निधन भएको हो।


