![]()
बीबीसी । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शपथ ग्रहण गरेका छन् । मुलुकको सवै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका हुन् ।
प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो । खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए ।
शपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी भएको समाचारमा जनाइएको छ । खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।
खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् ।


