Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं।  नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल शनिबार सकिएको छ ।  दुई वर्षभित्रै  नयाँ नेतृत्व चयन गर्नुपर्नेमा  आपसी विवादले सम्भव हुन नसकेको नेविसंघभित्र पछिल्लो समय संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच  आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ ।

यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिकाे  म्याद थप गर्न सहमति दिएकाे  छ ।   निर्देशक समितिका सदस्य प्रदीप पौडेलले पनि नेविसंघका प्रमुख नेतृत्वले सहमतिमै तीन महिनाभित्र महाधिवेशन गर्न सकिने कार्ययोजना ल्याएपछि संगठनको म्याद तीन महिना थपिएको जानकारी दिए ।

यसअघि निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । सोहि अनुसार नेविसंघको  संस्थापन र असन्तुष्ट समूहले  तीन महिनाभित्र महाधिवेशन गर्न सहमति जनाउँदै समितिमा कार्यायोजना पेश गरेका थिए ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले  महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै सोही अनुसार  नेतृत्वसामु कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.