Breaking News.... EverestOnlineKhabar
June 28, 2026

भारतको केरलामा शताब्दीकै ठूलो बर्षा, ३०० भन्दा बढीको ज्यानगयो

Loading

बीबीसी । शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन्। भारतमा वर्खा जुन महिनामा सुरु हुन्छ तर मृत्यु हुनेको संख्या केरलामा पछिल्लो २४ घण्टामा निकै बढेको छ।

उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन्। उक्त राज्यमा अहिलेसम्म २ लाख मानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ त्यहाँ पुगेका छन्। केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर ज्यान गएको जनाएको छ। धेरै वर्षाको अनुमान गरिएको कारण केरलाको मुख्य विमानस्थल अगष्ट २६ तारिखसम्म बन्द हुने ठानिएको छ। बाढी आएको क्षेत्रमा उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन्।

हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लगिँदै गरेको दृश्य उक्त क्षेत्रबाट प्रेषित गरिएका तस्वीर र भिडियो सामाग्रीमा देखिन्छ।

उद्धार प्रयासमा सघाउन ३ सय भन्दा बढी डुंगाहरू पनि त्यहाँ प्रयोग गरिएका छन्। सरकारले मानिसहरूलाई बाढी प्रभावित क्षेत्रबाट अन्यत्र लैजाँदा दिइएका निर्देशनहरूको बेवास्ता नगर्न आह्वान गरेको छ। उद्धार गरेर अन्यत्र सारिएका दशौं हजार मानिसहरूलाई सरकारले खानेकुराहरू बाँडिरहेको छ।

भारतभर बर्खा सुरु भएयतामात्रै अहिलेसम्म ९ सय ३० जनाको ज्यान गइसकेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.